१६ कार्तिक २०८३, सोमबार

प्रचण्डको दोहोरो खेलः संसदमा पेश भएपछि एमसीसीको विपक्षमा रहेको दावी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दोहोरो चरित्रलाई कायम राखेका छन् ।

कुनै बेला पार्टी र जनतालाई एमसीसीको विरोध गर्ने तर एमसीसी मुख्यालयमा पारित गर्ने भनेर लिखित प्रतिवद्धता पेश गर्ने प्रचण्डले संसदमा पेश भइसकेपछि फेरि आफूहरु एमसीसीको विपक्षमा रहेको बताएका छन् ।
आफ्नै पार्टीमा ठूलो संख्या एमसीसीको विरोधमा रहेपछि दवावमा परेको प्रचण्डले आइतबार फेसबुकमार्फत आफूहरु एमसीसीको विपक्षमा रहेको दावी गरे ।

आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गर्दै लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

त्यस्तै, आफ्नै पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेकालाई दमन गर्नु नुहने पनि बताए ।