
काठमाडौँ, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको भन्दै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा,राष्ट्रिय जनमोर्चा,नेपाल मजदुर किसान पार्टी,मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायतका १० वटा दलले कर्णालीका १० वटै जिल्ला कार्यालय घेराउ घेरेका हुन् ।
सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुध्द आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताए । ‘जनता विरोधी गतिविधि भएका कारण जिल्ला प्रशासन कार्यालय घेराउन गरिएको हो,’ उनले भने, ‘यो सम्झौता नेपालीको हितविपरित भएका कारण जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।’















प्रतिक्रिया