६ कार्तिक २०८३, शुक्रबार

एमसीसी टेबलको पूँजी बजारमा नकारात्मक प्रभाव, ३९ अंकले घट्यो नेप्से

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । साताको पहिलो दिने शेयरब बजारमा ३९ अंकले घटेको छ ।

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गरे पनि त्यसको पूँजीबजारमा नकारात्मक प्रभाव देखिएको छ ।

आइतबार ३९.४० अंकले घटेरे नेप्से २६९३.११ बिन्दुमा झरेको हो ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । विभिन्न कम्पनीका ७१ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ६४ लाख बढीको कारोबार भएको छ ।

एमसीसी पारित हुँदा हाइड्रो लगायत कम्पनीले बढ्ने अनुमान गरिए पनि सम्झौता टेबल हुँदै नकारात्मक प्रभाव देखा परेको हो ।