
काठमाडौँ, ८ फागुन । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि नयाँबानेश्वर संसद भवन अगाडी झडप भएको छ ।
सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेपछि आक्रोशित बनेको भीडले सरकारका विरुद्धमा नाराबाजी गर्दै प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरुले नाराबाजी गर्दै, शंख बजाउँदै तथा नो एमसीसी लेखेर कालो पट्टी बाँधेर विरोध गरेका छन् ।
प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको छ । यस क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।












प्रतिक्रिया