७ कार्तिक २०८३, शनिबार

सरकार जेसुकै होस् हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ : माधव नेपाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

संसद बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले अहिले एमसीसी संसदमा टेबल भएको भए पनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको बताएका हुन् । उनले भने, ‘हामी एमसीसी पास गर्ने पक्षमा छैनौं ।’

एमसीसी जबरजस्ती पास गरिए सरकार के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सरकार जे हुन्छ हुन्छ ।’ एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो ।