७ कार्तिक २०८३, शनिबार

पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्छ : काङ्ग्रेस प्रवक्ता महत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र कार्यकर्ताहरुले समग्र ध्यान आगामी निर्वाचनमा लगाउनु पर्ने बताएका छन् ।

नुवाकोटको क्षेत्र नं १ कोे क्षेत्रीय कार्यालय र प्रदेश ख को प्रदेश क्षेत्रीय कार्यालयको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट उनले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्दा देशको पूर्वाधार निर्माणका आयोजनाहरु प्रभावित हुनाका साथै आर्थिक र सामाजिक विकासमा पनि असर परेको उनको भनाइ छ ।