३० आश्विन २०८३, शुक्रबार

अनेसास डेनमार्कद्वारा कृति विमोचन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डेनमार्क, ८ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले डेनमार्कनिवासी लेखक कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक कृति विमोचन गरिएको छ ।

डेनमार्कस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले कृति विमोचन गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले प्रेषित गरेको शुभकामना सन्देश डेनमार्क च्याप्टरका सदस्य दीपक तिवारीले वाचन गरेर कार्यक्रममा सुनाएका थिए ।

पुस्तकको समीक्षा डेनमार्क च्याप्टरका पूर्वध्यक्ष प्रकाश सापकोटा, डा. लक्ष्मण घिमिरे र उदयराज गौतमले गरेका थिए । कार्यक्रममा जनसम्पर्क समितिका प्रकाश ढकाल, एनआरएका अध्यक्ष शैलु अधिकारीलगायतका वक्ताहरुले पुस्तकप्रतिको अपेक्षा, धारणा, यसले समेटेका विश्व पूजीवादीक्रम, विकास, आर्थिक विकास क्रममा आइपरेका सामाजिक एवं ऐतिहासिक विषय क्रम एवं मानव इतिहासकै केही खण्डहरुलाई विभिन्न कालखण्डमा कसरी समेटिएको छ भन्ने बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

विभिन्न सात खण्डमा संरचित पुस्तक विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थी, पाठकहरुका लागि योग्य भएको र बुझ्नलाई कठीन नहुने वक्ताहरुको भनाई थियो । कार्यक्रमको अन्त्यमा छलफलमा उठेका केही प्रश्नहरुलाई लेखकले यसले विराटरुपमा सबै पाटाहरुलाई समेट्न नसके तापनि केही खण्डहरुले पाठकलाई थप रुचि जगाएमा आफै अन्य स्रोतहरु खोजेर अध्ययन गर्नका लागि अभिप्रेरणा दिनेमा आफू आशावादी रहेको बताए ।

कावा राजदूत तीर्थराज अर्यालले आर्थिक क्रान्तिलाई पुस्तकले विभिन्न ढंगले बुझ्न सहज बनाएको अपेक्षा गर्दै यो किसिमको लेखन प्रवासमा पाउँदा आफूलाई खुशी लागेको बताए । प्रत्यक्षरुपमा आफू सुमेर र सिलिकन भ्याली पुगेकाले किन अन्य विश्वका भूगोल यसमा नलेखिएको होला या नेपाल पनि कसरी अछुतो रह्यो भने प्रश्न मनमा रहे पनि पुस्तक पढेपछि ती जिज्ञाशाहरु मेटिने आशा व्यक्त गरे ।

डेनमार्क च्याप्टरका सदस्य प्रदीप पाण्डेले स्वागत मन्तव्य दिएका थिए भने विमोचन एवं समीक्षा समारोहमा लेखकको परिचय एवं कार्यक्रमको संचालन च्याप्टरका सदस्य दीपक तिवारीले गरेका थिए ।