
कञ्चनपुर, ८ फागुन । भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने ५७ वर्षीय बृख कामी छन् । उनलाई शनिबार साँझ कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट पक्राउ गरेको हो ।
भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित उनलाई पक्राउ गरेको बताइएको छ ।















प्रतिक्रिया