
काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निष्कर्षमा पुग्न सत्ता गठबन्धन दलहरूको बैठक आज पनि बस्दै छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको बताइएको छ । एमसीसीबारे गठबन्धन दलबीच सहमति जुटाउन बैठक बस्न लागेको हो ।
आजै प्रतिनिधिसभा बैठक पनि बस्दैछ । प्रतिनिधि सभामा टेबल गर्ने वा नगर्ने विषयमा टुंगो लगाउन बैठक बस्न लागेको हो । यसअघि पटक–पटक बैठक बसे पनि एमसीसीबारे साझा धारणा बन्न सकेको छैन ।
यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन । एमसीसीबारे सत्ताधारी दलहरूबीच नै विवाद भएपछि सत्तालाई एमसीसीको सकस परिरहेको छ ।
सरकारले एमसीसी टेबुल गरी पारित गर्ने अडान लिइरहँदा सत्ताधारी दलहरू नै सडक आन्दोलनसम्मको अवस्थामा ओर्लिएका छन् ।















प्रतिक्रिया