१६ कार्तिक २०८३, सोमबार

क्यालिब्रेसन उडान सुरु, बुद्ध पूर्णिमादेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ७ फागुन । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमादेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

शुक्रबारबाट विमानस्थलमा यान्त्रिक क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) उडान सुरु भएको छ ।

बिहीबार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट सुरु भएको हो ।

अब जेठ २ गते परेको बुद्ध पूर्णिमादेखि यहाँबाट व्यवसायिक उडान हुने जनाइएको छ ।

यो विमानस्थलको निर्माण कार्य समयमै सक्नका लागि पूर्ववर्ती सरकारका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तात्कालिन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी तथा उनको निधनपछि मन्त्रालय सम्हालेका योगेश भट्टराई र भानुभक्त ढकालले बिशेष चासो दिएका थिए ।

पूर्वअर्थमन्त्री बिष्णु पौडेलको पनि यो बिमानस्थल निर्माणमा बिशेष योगदान रहेको छ ।