८ कार्तिक २०८३, आइतबार

चुनावपछि गठबन्धनका दलहरुलाई टर्च बालेर खोज्नुपर्छः अध्यक्ष ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि अहिलेको पाँच दलीय गठबन्धनका दलहरुलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

शनिबार सूर्यविनायक नगर अस्पताल उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमाले एक्लै लड्ने र चुनावबाट आउने परिणामले पाँच दलीय गठबन्धन पत्ता साफ हुने बताए ।

उनले भने, ‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ । देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’