७ कार्तिक २०८३, शनिबार

एमसीसी टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठक यस्तो निर्णय गरेको सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले जनाएकी छन् ।

यद्यपि एमसीसी सम्झौता पारित गर्न मतदान भने नगर्ने निर्णय भएको नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि एमसीसी टेबल गर्ने अडानका कारण गठबन्धनमा रहेको समाजवादीले एमसीसीको समर्थन गरेको हो ।