१६ कार्तिक २०८३, सोमबार

फलानो बोल्यो, तिलानो बोल्यो, एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन : बाँस्कोटा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति आक्रोश पोखेका छन्।

एमाले बोलेन भनेर अरुले भनिरहन आवश्यक नभएको समेत उल्लेख गर्दै बाँस्कोटाले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी नै एमाले भएको दाबी गरेका छन्।

‘अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो। समाधानबिनानाको उग्रताले कहीँ पनि पुर्याउॅंदैन’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आक्रोश पोखेका छन्, ‘फलानो बोल्यो, तिलानो बोल्यो, एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन। दबाब र प्रभावभन्दा परै बसेर सुदूर भविष्यसम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।