७ कार्तिक २०८३, शनिबार

प्रेम आले र पशुपति क्षेत्र विकास कोषको आदेश गाई बाच्छा बचाउन अभियानले नमान्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । गोठ र टहरा हटाउने पशुपति क्षेत्र विकास कोषको आदेशप्रति मठ मन्दिर, गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले बिरोध जनाएको छ ।

पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरूको उपचार, संरक्षण, पालनपोषणका लागि बनाइएका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशप्रति अभियानले बिरोध जनाएको हो । आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले पशुपति क्षेत्र विकाश कोषले दिएको आदेशले गौसंरक्षणमा लागेकाको अपमान गरेको भन्दै बिरोध जनाएको छ ।

गत माघ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिएको मौखिक आदेश ‘एक पैसा पनि भाडा नलिई गाई पालन गरेको, के गरेको यस्तो, १५ दिनभित्र खाली गर्न पत्र लेख्नु’ सम्बन्धमा संस्थाको ध्यानाकर्षण भएको जनाएको छ । आराध्यदेव भगवान पशुपतिनाथमा पूजा गरी छाडिएका नन्दीहरूको वासस्थान भनेको हालको नन्दी स्थलनै भएको अभियानले स्पष्ट पारेको छ ।

अभियानले हिन्दु धर्मावलम्बीहरूले धार्मिक कृत्यका लागि डामेर छाडिएका नन्दीहरू तथा पशुपतिनाथ गुह्येश्वरी परिसरमा छाडिएका गाई तथा बाच्छाहरू प्राचिनकालदेखि नै द्धचाकेव (नन्दी वासस्थल) मा नै बसोवास गर्दै आएको बताएको छ ।