
काठमाडौं, ७ फागुन । कमल थापाको नेतृत्वमा आज शनिबार राप्रपा नेपाल पार्टी पुनः घोषणा हुँदैछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन् । यद्यपि, यो पार्टी राप्रपाको एकीकरणअघि पनि अस्तित्वमै थियो ।
प्रजातन्त्र दिवसको अवसर पारेर थापाले पार्टी पुनः ब्युँताउन लागेका हुन् । आज बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ ।
सम्वर्द्धनवाद, सुशासन र समृद्धि नारासहित कमल थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । उनको साथमा पूर्वराप्रपाका केही नेता खुलेर लागेका छन् भने केही नेता खुलेका छैनन् ।
एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि असन्तुष्ट भएका थापाले राजसंस्थाको एजेन्डा छोडेर हिन्दु राष्ट्रलाई मुल आधार बनाएर पार्टी घोषणा गर्न लागेका हुन् । उनको शैलीलाई आमरूपमा आलोचना गरिँदै आएको छ ।















प्रतिक्रिया