७ कार्तिक २०८३, शनिबार

संसदीय विकास समितिद्वारा विकास आयोजनाको अनुगमन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ६ फागुन । बागमती प्रदेश अर्थ तथा विकास समितिले भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक खण्डमा ठूला लगानीमा निर्माण भएका विभिन्न ठूला आयोजनाको आज अनुगमन गरेको छ ।

बागमती प्रदेश अर्थ तथा विकास समितिका सभापति नारायण सिलवाल र समितिका सदस्य शशीजङ्ग थापासहितको टोलीले बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

टोलीले कौशल्टारबाट बिरुवा सडकखण्डअन्तर्गत रु १० करोडको लागतमा निर्माण भइरहेको सिरुटार बिरुवा सडक खण्ड, रु पाँच करोडको लागतमा निर्माण भइरहेको भक्तपुरको सल्लाघारीबाट सिरुटार हुुँदै ललितपुरको महालक्ष्मी नगरपालिका लुभु जोड्ने सडकको स्थलगत अनुगमन गरेको हो ।

त्यस्तै रु पाँच करोडको लागतमा निर्माण भइरहेको काँठ चक्रपथ सडक, रु छ करोडको लागतमा गुण्डु छेडोमा निर्माणाधीन यातायात कार्यालय भवन निर्माणस्थलको र दधिकोटको अनन्तलिङ्गेश्वर डाँडामा रु दुई करोडको लागतमा निर्माण भइरहेको भ्यूटावरको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य थापाले बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेको आयोजनाको प्रगतिको अवस्था, योजनामा आएको अवरोध र समस्या तथा उपलब्धिका बारेमा समितिले जानकारी लिएको उहाँले बताउनुभयो । योजनाको अवस्थाका बारेमा समितिको टोलीलाई प्रदेशसभा सदस्य थापाले जानकारी गराउनुभएको थियो ।

अनुगमनपछि समितिका सभापति सिलवालले यहाँका आयोजनाको प्रगति राम्रो भएको र केही आयोजनाको सञ्चालनमा आएको अवरोधलाई छलफलका माध्यमबाट समाधान गरेर विकासलाई पूर्णता दिनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो ।–रासस