७ कार्तिक २०८३, शनिबार

सत्ता साझेदार दलको बैठक आइतबार पुनः बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक यही फागुन ८ गते आइतबार पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न आइतबार बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता संसद्मा टेबल गर्नेबारेमा सकारात्मक रुपमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

“सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले पर्सि हुने बैठकले साझा अवधारणा बनाउने गरी आजको बैठक समाप्त भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षीको समेत रहेकाले हालको गतिरोध अन्त्यका लागि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको बारेमा जानकारी गराइएको मन्त्री कार्कीले बताउनुभयो ।

एमसिसी सम्झौता आजको संसद् बैठकमा टेबल गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री कार्कीले कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले निर्णय गर्ने छ भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता साझेदारका शीर्ष नेताको सहभागिता रहेको थियो ।–रासस