७ कार्तिक २०८३, शनिबार

सैनिक श्रीमती संघद्वारा स्थानीय विद्यालयलाई सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । ‘सेना दिवस–२०७८’ को उपलक्ष्यमा नेपाली सेना तथा सैनिक श्रीमती संघले सिरहाको एक विद्यालयलाई सहयोग गरेको छ ।

विष्णुपुर गाँउपालिका–४ थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई संघले विद्यालयलाई फर्निचर तथा स्टेशनरीका सामग्रीहरू सहयोग गरेको जनाएको छ । उक्त सामग्री संघले बुधबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

सेना तथा सैनिक श्रीमती संघले २०० थान बेञ्च तथा टेबल, ६ थान स्टिलको दराज, ४ वटा जुत्ता राख्ने र्याक, दुई वटा ह्वातइट बोर्ड र एउटा सूचना बोर्ड उक्त विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्याउने उद्देश्यका साथ सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त सहयोग कार्यक्रममा श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति, सिरहाका प्रमुख जिल्ला अधिकारी, सैनिक श्रीमती संघका उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, बिष्णुपुर गाँउपालिकाका अध्यक्ष, पत्रकारलगायत समाजसेवी, बुद्धिजिवी, शिक्षक तथा छात्र/छात्राहरुको उपस्थिति थियो ।