आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

संसद बैठक आज बस्दै, कार्यसूचीमा नपरे पनि एमसीसी अगाडि बढाउने तयारी

दैनिक नेपाल २०७८ फागुन ६ गते ८:२९

काठमाडौं, ६ माघ । गत बुधबार शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुन्छ कि हुँदैन भन्ने आम चासो छ । यद्यपि, बैठकको कार्यसूचीमा भने एमसीसी समेटिएको छैन । यसर्थ आजको बैठकमा एमसीसी टेबुल नहुने स्पष्ट छ ।

तर, दलहरूबीच सहमति भएको खण्डमा आजै उक्त परियोजना अगाडि बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान छ । बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसीसी शुक्रबार पनि संसदमा टेबुल नहुने निर्णय गरेको छ । तर, सहमति जुटाउने आज शुक्रबार बिहान १० बजे पनि गठबन्धन दलहरूको बैठक बस्दैछ । जुन बैठकलाई ‘निर्णायक’ समेत भनिएको छ ।

संसद बैठकको कार्यसूची अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७÷०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । अवरोध खुलाउने विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित