आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शुक्रबारको संसद बैठकको कार्यसूचीमा परेन एमसीसी

दैनिक नेपाल २०७८ फागुन ५ गते २२:४८

फाइल तस्वीर

काठमाडौँ, ५ फागुन । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी परेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ ।

सरकारले एमसीसी संसदमा टेबल गराउने घोषणा गरे पनि कार्यसूचीमा भने समावेश छैन ।

यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार विहान ११ बजे बस्नेछ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित