आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रेस चौतारी नेपाल प्रदेश तथा केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन

विवि श्रेष्ठ २०७८ फागुन ५ गते २०:२८

-विवि श्रेष्ठ

दमौली, ५ फागुन । प्रेस चौतारी नेपाल तनहुँ शाखाले यही फागुन २१ गते हुने गण्डकी प्रदेश कमिटीको अधिवेशन र फाल्गुण २७ र २८ गते केन्द्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको छ ।

प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि) को अध्यक्षतामा बसेको चौतारीको बैठकले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो ।

प्रेस चौतारी नेपाल तनहुँले गण्डकी प्रदेश अधिवेशनका लागि खुल्ला तर्फ ऋषिकान्त दवाडी र किरण श्रेष्ठलाई चयन गरेको छ भने महिलातर्फ सम्झना रसाईली, शर्मिला विश्वकर्मा र सुनिता आचार्यलाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ प्रेम प्रसाद पौडेल र कृष्णचन्द्र न्यौपाने चयन भएका छन् भने महिलातर्फ सम्झना रसाईली र सुनिता आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिहरुमा प्रेस स्वतन्त्र सेनानी विश्वबन्धु भण्डारी, केन्द्रिय सदस्यहरु प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, समुन्द्र पौडल र केन्द्रीय लेखा आयोग सदस्य त्रिभुवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैठकलाई प्रमुख अतिथी श्रेष्ठले प्रेस चौतारीलाई क्रियाशिल र सन्तुलित बनाउँदै समाज रुपमान्तरणमा भुमिका खेल्न आग्रह गरेका थिए भने विशिष्ट अतिथी भण्डारीले प्रेस चौतारी नेपाल देशको नै पत्रकारको सबैभन्दा ठुलो र विश्वासनिय संस्था भएको हुदाँ यसको प्रभावकारीताले समाज रुपान्तरणमा ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित