आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सत्तारुढ गठबन्धनमा एमसीसीबारे बनेन सहमति, शुक्रबार विहान फेरि बैठक बस्ने

दैनिक नेपाल २०७८ फागुन ५ गते २०:१९

काठमाडौँ, ५ फागुन । सत्तारुढ गठबन्धन दलहरुको बैठक सहमति बिनै सकिएको छ ।

बिहीबार बालुवाटारमा करिब ३ घण्टा भएको छलफल निष्कर्षविहीन भएको हो ।

एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठक निष्कर्ष बिनै सकिएको हो ।

एमसीसीका बारेमा गम्भीरतापूर्वक छलफल भएपनि सहमति हुन नसकेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

बैठक भोलि १० बजे पुन बसेर सहमति जुटाउन प्रयास गरिने कार्कीले बताए । फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने र सरकारका तर्फबाट प्रयास स्वरुप बैठक राखिएको कार्कीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहेका थिए ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । जनमोर्चालाई भने बोलाइएकै थिएन ।

प्रतिक्रिया
सम्बन्धित