आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रचण्ड, नेपाल र जसपा नेताबीच छुट्टै छलफल

दैनिक नेपाल २०७८ फागुन ५ गते १५:१३

काठमाडौँ, ५ फागुन । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बेग्लै भेटवार्ता गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

उनीहरुबीच सत्ता गठबन्धनको बैठक हुनभन्दा अगाडी कुराकानी भएको हो ।

उनीहरुबीच के छलफल भयो भने नखुलाइए पनि एमसीसीकै विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका छन् । तर गठबन्धनका माओवादी र समाजवादी यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसक्ने अडानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित