शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

टिपरको ठक्करबाट एकको मृत्यु

दैनिक नेपाल २०७८ फागुन ५ गते १३:०७

सांकेतिक तस्वीर

सिन्धुली, ५ फागुन । सिन्धुलीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका १ को देवीस्थानमा गेग्रान हाल्ने टिपरको पछाडिको भागले ठक्कर दिँदा ४५ वर्षीय टिकाराम शिवभक्तीको मृत्यु भएको हो ।

आफ्नै घडेरी सम्म बनाउन ल्याएको गेग्रान लोड टिपरको पछाडि भागले ठक्कर दिँदा शिवभक्तीको मृत्यु भएको सिन्धुलीका प्रहरी डीएसपी मनोजकुमार लामाले जानकारी दिए । टिपरको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर भएकी शिवभक्तीको धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटेमा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित