२९ आश्विन २०८३, बिहिबार

बङ्गलादेशमा १० करोड मानिसले कोभिड – १९ विरुद्धको खोप लगाए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, ५ फागुन । बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।

स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, फेब्रुअरी सम्ममा देशमा १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज ९५२,०८४,४४२ चिनियाँ खोपको डोज सहित लगाएका छन्।

त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो।-रासस