७ कार्तिक २०८३, शनिबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३२ विद्यालय छनोट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ५ फागुन । यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन् । जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ ।

सुन्दरबजार नगरपालिकामा पाँच , मध्यनेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मस्र्याङदी गाउँपालिकाका– ३ विद्यालय छनोट भएका छन् ।

क्व्होलासोथर गाउँपालिकाका विद्यालय भने छनोटमा नपरेका बताएको छ । ती विद्यालयमा दुई कोठे र चार कोठे निर्माण, प्रयोगशाला स्थापना, आइसिटीका लागि बजेट विनियोजन भएको छ । आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ, दुई कोठे भवनका लागि १८ लाख, चार कोठे भवनका लागि ३६ लाख, प्रयोगशालाका लागि १० लाख बजेट विनियोजन भएको छ ।–रासस