८ कार्तिक २०८३, आइतबार

बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।

आज बिहीबार बिहान करीब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०–५५ वर्षीया महिला रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

एसपी शर्माका अनुसार बालाजुस्थित गंगा हलअगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो । बसको नम्बर खुल्न सकेको छैन । यद्यपि दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरू गरेको छ ।