८ कार्तिक २०८३, आइतबार

एमसीसीबारे ‘निर्णायक’ धारणा बनाउन सत्ता गठबन्धन दलको बैठक ३ बजे बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आज बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटवार्ताले आज अपरान्ह ३ बजेका लागि बैठक बस्ने सहमति भएको हो ।

संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेका थिए । सोही बमोजिम आज बैठक बस्न लागेको बताइएको छ ।

सरकारले हिजो बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो । तर, दलहरूको बैठक बसेर साझा धारणा बनाएर मात्रै अगाडि बढ्ने प्रचण्ड र देउवाबीच सहमति भएपछि टेबुल हुनबाट सरकार हिजो ब्याक भएको थियो ।

तर, सत्तारुढ दलहरू नै एमसीसीविरुद्ध सडक आन्दोलनमा उत्रिसकेको अवस्थामा साझा धारणा बनाउने विषय जटिल बन्दै गएको छ ।