
बुटवल, ५ फागुन । ४८ वर्षे ऐतिहासिक बिरासत बोकेको बुटवल जेसिजले शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।
बुटवल जेसीज बर्ष २०२२ को पहिलो कार्यक्रम शाखा पदाधिकारी तालिम अध्यक्ष जेसी चन्द्रमणि भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।
बुटवल जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहकार जेसी लालहरी पाण्डेको प्रमुख प्रशिक्षणमा उक्त शाखा पदाधिकारी तालिम सम्पन्न भएको हो ।
बुटवल जेसीज बर्ष २०२२ का पदाधिकारी हरुलाई आफ्नो पदीय दायित्व तथा जेसीज अभियानमा केन्द्रित रहेको उक्त तालिममा बर्ष २०२२ को कार्ययोजनाका साथै बुटवल जेसीजको ५०औं बार्षिकोत्सवको अवसरमा सम्पन्न गर्न लागको नेपाल जेसीजको महाधिबेशनको बारेमा समेत गहन छलफल भएको थियो ।
बुटवल जेसीजका करिव २० जना पदाधिकारी सहभागीता रहेको तालिमको औपचारिक रुपमा सन्चालन बुटवल जेसीजका महासचिव जेसी मोहन न्यौपाने तथा कानुनी सल्लाहकार जेसी बिनोद घिमिरे को स्वागत मन्तब्य सङ्गै शुरु भएको थियो ।
उपस्थित सम्पूर्ण पदाधिकारिहरु लाई बुटवल जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले आफ्ना अनुभव साट्दै जेसिज अभियानमा होमिन थप उर्जा प्रदान गरेका थिए ।
जेसीज समाजमा रहेका युवा हरुको ब्यक्तित्व र नेतृत्व बिकासमा अग्रणी भूमिका खेल्दै आएको एक विश्वव्यापी संस्था हो ।















प्रतिक्रिया