१७ कार्तिक २०८३, मंगलबार

एक हजारका करिब ३ लाख थान नक्कली नोटसहित चार जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । काठमाडौँबाट एक हजार दरका करिब ३ लाख थान नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपािलका वडा नं. १६ स्थित नयाँ बजार मेडिकल एरियामा नक्कली नोटको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध अनुसन्धानको टोलीले उनीहरुलाई वुधबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख ९४ हजार थान एक हजारका दरले नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चारैजना रौतहटका रहेका र हाल काठमाडौँको नयाँ बजार बसिरहेका हुन् ।

गौर नगरपालिका १२ मा घर भएका हाल नयाँ बजार बस्ने २८ वर्षीय पृथ्वी प्रसाद साह, वडा नं. ९ का २८ वर्षीय महमद शम्साद आलम, राजपुर नगरपालिका ३ का २७ मोहम्मद असरफ अली र राजपुर ६ का ३० वर्षीय असरफ सहिदलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जनाएका छन् ।