८ कार्तिक २०८३, आइतबार

राजनीतिक निकासका लागि यसो गरे कसो होला ?

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले अबको राजनीतिक निकासका लागि ७ विकल्पहरु प्रस्तुत गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई झनै अधोगतितिर लैजाँदै गरेको तथ्यलाई ध्यानमा राख्दै विश्लेषक समेत रहेका भट्टराईले अबको व्यवहारिक निकासका लागि ७ बुँदा प्रस्तुत गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा प्रस्तुत गर्दै उनले विकल्पहरु प्रस्तुत गरेका हुन् ।

यस्ता छन् भट्टराईका ७ विकल्पहरुः

१) वर्तमान परमादेशी गठबन्धन भत्काउने ।

२) चुनाबी सरकारको लागि एमालेले काङ्ग्रेसको सरकारलाई बाहिरबाट समर्थन दिने । वा एमाले र काङ्ग्रेसको संयुक्त चुनाबी सरकार बनाउने ।

३) सभामुख हटाउन एमाले, नेका, जसपा र लोसपाले सहकार्य गर्ने ।

४) महन्थ ठाकुरलाई नयाँ सभामुख बनाउने ।

५) एमसीसी विशुद्ध आर्थिक अनुदानको रूपमा संसदबाट अनुमोदन गर्ने ।

६) सकेसम्म राष्ट्रिय सहमति नभए एमाले र काङ्ग्रेसलगायतका दलको सहमतिमा संसद भङ्ग गरेर छ महिनाभित्र आगामी कात्तिक मङ्सिरमा संघीय प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गराउने ।

७) प्रधानन्यायाधीशविरूद्ध ल्याइएको महाअभियोग फिर्ता गर्ने ।