
काठमाडौँ, ४ फागुन । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धानबाट मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको खुलेको हो ।
घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।












प्रतिक्रिया