१७ कार्तिक २०८३, मंगलबार

सरकार, सडक र सदनमा एमसीसीको विरोध गर्छौं : झलनाथ खनाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। उनले आफूहरूले एमसीसीको विरोध सडक, सरकार र सदनबाट समेत गर्ने चेतावनी दिएका छन्।

‘नेपाली जनतालाई थाहा नै नदिइकन, राम्ररी अध्ययन नै नगरीकन यो सम्झौंता गरिएको हो। यो सम्झौता भित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरितका कुराहरु छन्। त्यो कुरा नसच्चिकन र ती कुराहरुमा सुधार नभईकन एमसीसी पास हुन सक्दैन, नेता खनालले थपे, कतिपय कुराहरु मिल्दैनन्। त्यसमा जबरजस्ती ठेल्न मिल्दैन।

असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छरु धाकधम्की दिएर हुन्छरु हुँदैन। यसको विरोध सरकारमा पनि हुन्छ। सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ।’ खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडानसमेत दोहोर्‍याएका छन्।