
काठमाडौँ, ४ फागुन । एमसीसीको विरोधमा वुधबार बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको नयाँबानेश्वर क्षेत्र सामान्य बनेको छ ।
करि साढे ४ घण्टापछि स्थिति सामान्य बनेको हो ।
सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ राजनीतिक दललगायतले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, एक सयभन्दा बढी प्रदर्शनकारीले प्रहरीले पक्राउ गरेको छ ।












प्रतिक्रिया