
काठमाडौँ, ४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले फागुन ६ गतेको संसद बैठकमा एमसीसी टेबुल गर्ने बताएका छन् ।
वुधबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बडुले दलहरुबीच सहमति जुटाएर एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् ।
उनले दलहरुबीच एमसीसीका विषयमा थप छलफल आवश्यक रहेको जनाए ।
‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी छ’ उनले भने ।
उनले अघि भने, ‘६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’
सरकारले वुधबारकै बैठकमा एमसीसी टेबुल गर्ने अनुमान गरिएको थियो । यद्यपि संसदको कार्यसूचीमा रहेको थिएन । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना मागहरुको सम्बोधन हुनुपर्ने भन्दै संसदमा अवरोध कायम गरेको थियो । जसका कारण सभामुख अग्निप्रसाद सापकोटाले आगामी फागुन ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।















प्रतिक्रिया