
काठमाडौँ, ४ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध भएको प्रदर्शनमा काठमाडौँको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच भएको झडपका कारण तनाव उत्पन्न भएको हो ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
एमसीसीको विरोधमा आज विप्लव नेतृत्वको माओवादीसहित ६ दलीय मोर्चाले नेपाल बन्दको समेत आह्वान गरेर प्रदर्शन गरेका छन् ।












प्रतिक्रिया