
काठमाडौं, ४ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजारको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बीमा योजना ल्याएको हो । सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषतायुक्त जीवन बीमा योजनाहरु ल्याउने क्रममा कम्पनीले नयाँ योजना सार्वजकिन गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
न्यून लगानीमा अधिक जोखिम बहन हुनाका साथै लगानीको सुनिश्चितता हुनु नयाँ योजनाको मुख्य विशेषता रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्ने छन् ।
न्यूनतम पाँच वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आईइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।
न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँदेखि अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँसम्मको छ ।















प्रतिक्रिया