
काठमाडौं, ४ फागुन । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा ९३औं शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर ओलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १३ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।















प्रतिक्रिया