
काठमाडौं, ४ फागुन । ग्लोबल आईएमई बैंक लिमिटेडले थप ९ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एवम् उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको बैंकले जानकारी दिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिनसक्ने बैंकको दाबी छ ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहोम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिनसक्ने बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।















प्रतिक्रिया