![]()
काठमाडौं, ४ फागुन । नबिल बैंकका ग्राहकहरूले ललितपुरको एकान्तकुनास्थित सेवा हेल्थ केयर प्रालिको विभिन्न सेवाहरूमा विशेष छूट पाउने भएका छन् ।
स्वास्थ्य सेवामा आफ्ना ग्राहकलाई छूट उपलब्ध गराउन बैंकले सेवा हेल्थसँग साझेदारी गरेको छ । साझेदारीसँगै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरूमा छूट प्राप्त हुने बैंकले जनाएको छ । नबिल बैंकको प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरूले उक्त साझेदारीअनुरूपको लाभ उठाउन सक्ने बैंकले स्पष्ट पारेको छ ।
सोवा हेल्थ केयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो, जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया