
काठमाडौं, ४ फागुन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
देशको पहाडी भूभागका एक–दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाको भनाइ छ ।
देशभर हाल पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले आज राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।















प्रतिक्रिया