७ कार्तिक २०८३, शनिबार

मोरङमा प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजकत्वमा गठित समितिले यही फागुन ६, ७ र ८ गते जिल्लाका विभिन्न स्थानमा दीपावली, रक्तदान, सरसफाइ, फलफूल वितरण, अन्तरसंवाद र राष्ट्रिय झण्डा फहराएर मनाउने निर्णय गरेको छ ।

समितिले फागुन ६ गते विराटनगरलगायत अन्य ठाउँमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म सबै सरकारी कार्यालय, सङ्घ, संस्थालगायत महानगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको छ ।

फागुन ७ गते विराटनगरस्थित वृद्धाश्रम, अनाथालय र मानव सेवा आश्रममा फलफूल वितरण र साँझ दीपावली तथा फागुन ८ गते अस्पतालमा रक्तदान गर्ने निर्णय गरिएको छ ।–रासस