सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘बुटवलको विकासको नमूना अनुशरण गर्न लायक’

दैनिक नेपाल २०७८ फागुन ३ गते १९:३१

लुम्बिनी, ३ फागुन । नेकपा ९एमाले० का सचिव छविलाल विश्वकर्माले बुटवल उपमहानगरपालिकाको विकासको नमूना नेपालका अन्य नगरपालिकाले समेत अनुशरण गर्नुपर्ने बताउनुभएको छ । बुटवलले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, ब्यापारलगायत क्षेत्रमा उल्लेख्य प्रगति गरेको उहाँको भनाइ थियो ।

बुटवल उपमहानगरपालिकाले ६३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सचिव विश्वकर्माले बुटवल मुलुककै नमूना नगरको रुपमा चिनिएको बताउनुभयो । बुटवललाई समृद्ध बनाउने गरी तय गरिएका योजना साकार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।

पाँचौँ पटक पनि निरन्तर कार्यसम्पादन मूल्याङ्कमा नेपालकै पहिलो स्थानमा आउनु आफँैमा गौरवको विषय भएको र बृहत् बुटवलको अवधारणा महत्वपूर्ण रहेको नेता विश्वकर्माको भनाइ थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैँमा गौरवपूर्ण इतिहास बोकेको सहर भएको उल्लेख गर्दै इतिहासलाई साक्षी राखेर विकासको पथमा निरन्तर अघि बढ्दै गएको बताउनुभयो ।

उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउने गरी काम गरिएको उल्लेख गर्नुभयो ।

रासस प्रदेश प्रमुखसहित पत्रकार सम्मानित

बुटवल उपमहानगरपालिकाको ६३औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति ९रासस० लुम्बिनी प्रदेश कार्यालय प्रमुख, सहसमाचारदाता भरत केसी सम्मानित हुनुभएको छ । बुटवलको आर्थिक, सामाजिक, राजनीतिकलगायत विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै उहाँलाई रु १० हजार पुरस्कारसहित सम्मान गरिएको हो ।

सो अवसरमा बुटवलका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, सञ्चारमाध्यम, उत्कृष्ट कर्मचारी, कारदाता, व्यवसायी, सामुदायिक संस्था, कृषक, निर्माण व्यवसायीलगायतलाई समेत सम्मान गरिएको थियो । उहाँहरुलाई एमाले सचिव विश्वकर्माले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।–रासस

प्रतिक्रिया
सम्बन्धित