
काठमाडौं, ४ फागुन । गत २४ घण्टामा विश्वभर १४ लाख ३२ हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट ७ हजार २३५ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४१ करोड ३७ लाख ५७ हजार ४२१ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३३ करोड ५५ लाख ५ हजार ३८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो तत्थ्यांक अनुसार ५८ लाख ४३ हजार ७६६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सयको ज्यान गएको छ । २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७३ हजार ५४१ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ९ लाख ४० हजार ९०२ जना संक्रमित निको भइसकेका छन् ।















प्रतिक्रिया