८ कार्तिक २०८३, आइतबार

कृत्रिम गठबन्धनले संविधान कार्यान्वयनमा व्यवधान भयोः अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम गठबन्धनले संविधान कार्यान्वयनमा व्यवधान सुरु गरेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठक सुरु गर्दै अध्यक्ष ओलीले भने, ‘अस्थिरतावादी शक्तिहरु, लोकतान्त्रिक प्रणाली, लोकतन्त्र कार्यान्वयन र सुदृढिकरणलाई व्यवधान गर्दैछन्, संविधान कार्यान्वयमा व्यवधान पुर्याउँदैछन् ।’

ओलीले गठबन्धनका नाममा अस्वभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण भएका कारण समस्या सिर्जना भएको बताए ।

एमालेको संसदीय दलको बैठकमा सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव सम्बन्धी छलफल जारी छ ।