८ कार्तिक २०८३, आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा निकेश दाहाल पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ फागुन । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका–९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।