९ कार्तिक २०८३, सोमबार

एमालेले भन्यो– सर्वदलीय बैठक औचित्यहीन छ, हाम्रो सहभागिता रहँदैन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । समसामयिक विषयहरूमा छलफल गर्न भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) सहभागी नहुने भएको छ ।

सभामुख सापकोटाको असंवैधानिक कदमका कारण अवरुद्ध भइरहेको सदन खुलाउने प्रयत्नस्वरुप आयोजना गर्न लागिएको बैठकमा एमालेले आफ्नो सहभागिता नरहने बताएको हो ।

‘सभामुखज्यूको असंवैधानिक निर्णयका कारणले अहिले संसद अवरुद्ध अवस्थामा छ, यस्तो अवस्थामा सर्वदलीय बैठकको कुनै औचित्य नै छैन,’ एमाले केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उहाँ (सभामुख)को निर्णय सच्याउनका लागि किन सर्वदलीय बैठक चाहियो ?’

पाँचदलीय गठबन्धन र सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएयताका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ ।