
काठमाडौँ, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ७८ एन्टिजेन परीक्षण गरिएकोमा ५२१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख ९ हजार ६३५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ३६ हजार ७५७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ जना रहेको छ ।
थप ५६ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८८८ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया