
काठमाडौँ, १ फागुन । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमुक्त नहुँदासम्म आन्दोलन नरोक्ने जनाएको छ ।
आइतबार संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गराएसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एशोसिएशनले आन्दोलन नरोक्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले जनाएका छन् ।
उनीहरुले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलन नरोक्ने प्रतिक्रिया दिएका हुन् ।
‘हामीले न्यायपालिका सुधारका लागि आन्दोलन गरेका छौं । चोलेन्द्र आज निलम्बित भएका छन् । न्यायपालिका सुधारको ढोका खुलेको छ । यो ढोका खुलेको मात्रै हो’ आइतबारको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘‘जबसम्म सही रुपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैनन्, तवसम्म नेपाल बारको आन्दोलन निरन्तर जारी रहन्छ ।’












प्रतिक्रिया