
काठमाडौँ, १ फागुन । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
शनिबार विहान दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा काठमाडौँ आएका उनलाई अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झ्याङ ली नामक चिनियाँ नागरिकबाट करिब ५ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।












प्रतिक्रिया